शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

बिहीबार, १५ चैत २०८०, २२ : ४१
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको पुस्तक कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । यसमा गीतकारले विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटेका छन् ।

यस कृतिमा दुई सयवटा हिन्दी गीतहरू रहेका छन् ।  ‘दुई सय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु २०० रहेको छ । गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्’ गीतकार खतिवडा भन्छन्–‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’ 

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरुका बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन्, ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् ।

उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन् ।  पुस्तकमा प्रस्तुत गरिएका गीतहरूमा प्रेमका विविध स्वरूपहरूलाई विभिन्न आयामहरूबाट व्याख्या गरिएको छ ।

यो गीत सङ्ग्रह रोमान्टिक गीतहरूको दस्ताबेज नै बन्न पुगेको छ । गेयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ । खतिवडाका दर्जनौँ गीत लोकप्रिय छन् र उनी नेपालको सबैभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृतिलाई निकै महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप