आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ

शुक्रबार, १६ चैत २०८०, १० : ४२
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ ।  गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन् । 

शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र  मोबाइल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप