भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
शुक्रबार, १६ चैत २०८०, २० : ३०
भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा १० जनाको मृत्यु भएको छ ।
सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले रामबन क्षेत्रमा भएको दुर्घटनाबाट आफू दुःखित भएको बताउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण