बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तीन संसदीय समितिको बैठक बस्दै

प्रस्तावित महालेखापरीक्षक रायाबारे संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने
सोमबार, १९ चैत २०८०, ०८ : २१
सोमबार, १९ चैत २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । 

बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा आजको बैठकले संसदीय सुनुवाइ अघि बढाउने समितिका सदस्य एवम् एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ । बैठक ८ बजेपछि बस्ने छ । 

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप