‘एक्लो’का कलाकारको लाइनअप पूरा, छायाङ्कन भदौमा

काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने फिल्म ‘एक्लो’का कलाकारको लाइनअप पूरा भएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीलाई छनौट गर्दै लाइनअप पुरा गरेको हो ।
यसअघि फिल्मका लागि प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल छनौट भएका थिए । फिल्मको विशेष भूमिकामा अभिनेत्री दिया पुन देखिनेछिन् ।
कविता नेपाली नृत्य रियालिटी शो ‘बुगी बुगी’को नेपाली संस्करणको प्रथम विजेता हुन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको प्राबिधि र अन्य विस्तृत जानकारी छिट्टै एक कार्यक्रम मार्फत दिइने बताइएको छ ।
फिल्मको कथा निर्देशक शाहीले नै तयार पारेका हुन् । विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहने फिल्म साई–फाई जोम्बी थ्रिलर जनरमा निर्माण हुन लागेको हो ।
प्रदीपको निर्देशन रहेको यसअघिको फिल्म ‘अन्तिम संस्कार’बाट गतबर्ष रिलिज भएको थियो । यसअगाडि उनले ‘गोर्खाः बिनिथ द ब्रेभरी’ पनि निर्देशन गरेका थिए । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । कलाकारको व्यस्तताको कारण फिल्मको छायाङ्कन आगामी भदौमा मात्र सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली