‘एक्लो’का कलाकारको लाइनअप पूरा, छायाङ्कन भदौमा
काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने फिल्म ‘एक्लो’का कलाकारको लाइनअप पूरा भएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा सुनिल थापा, एवन राज उप्रेती र कविता नेपालीलाई छनौट गर्दै लाइनअप पुरा गरेको हो ।
यसअघि फिल्मका लागि प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल छनौट भएका थिए । फिल्मको विशेष भूमिकामा अभिनेत्री दिया पुन देखिनेछिन् ।
कविता नेपाली नृत्य रियालिटी शो ‘बुगी बुगी’को नेपाली संस्करणको प्रथम विजेता हुन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको प्राबिधि र अन्य विस्तृत जानकारी छिट्टै एक कार्यक्रम मार्फत दिइने बताइएको छ ।
फिल्मको कथा निर्देशक शाहीले नै तयार पारेका हुन् । विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहने फिल्म साई–फाई जोम्बी थ्रिलर जनरमा निर्माण हुन लागेको हो ।
प्रदीपको निर्देशन रहेको यसअघिको फिल्म ‘अन्तिम संस्कार’बाट गतबर्ष रिलिज भएको थियो । यसअगाडि उनले ‘गोर्खाः बिनिथ द ब्रेभरी’ पनि निर्देशन गरेका थिए । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । कलाकारको व्यस्तताको कारण फिल्मको छायाङ्कन आगामी भदौमा मात्र सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण