बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० खेल

१९ रन बनाउँदै आउट भए बसिर अहमद

सोमबार, १९ चैत २०८०, १३ : ५३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो चौथो विकेट पनि गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा बसिर अहमदलाई गुमाएको हो । 

बसिर २१ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर गाभिन होएले एलबीडब्लूको धरापमा पारेका हुन् । १०.२ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ८० रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप