बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘साइबर क्राइम’ गर्ने गिरोहको पञ्जामा परेका २५० भारतीयको उद्धार

सोमबार, १९ चैत २०८०, २१ : ००
सोमबार, १९ चैत २०८०

नयाँ दिल्ली । भारत सरकारले कम्बोडियामा जबरजस्ती ‘अनलाइन ठगी’ गराउने गिरोहको पञ्जामा परेका आफ्ना २५० नागरिकको उद्धार गरेको छ । उनीहरूलाई अन्य काम दिने बहानामा कम्बोडिया लगिएको थियो । तर त्यहाँ उनीहरूलाई गैरकानूनी साइबर गतिविधि गर्न बाध्य पारिएको भारतको विदेश मन्त्रालयले बताएको छ ।

कम्बोडियामा काम गर्न बाध्य भारतीयको संख्या पाँच हजारभन्दा बढी रहेको हुन सक्ने बताइएको छ । कम्बोडियामा केही गिरोहले अनलाइन ठगीको नेटवर्क नै चलाइरहेका छन् । यसका लागि उनीहरूले विशेष गरी युवाहरू र प्रविधिमा रुचि राख्नेहरू व्यक्तिहरूलाई राम्रो जागिरको प्रलोभन लोभ देखाएर कम्बोडिया बोलाउने अनि सम्पत्ति शुद्धीकरण र क्रिप्टोकरेन्सी सम्बन्धी ठगीजस्ता गैरकानूनी गतिविधिमा संलग्न गराउने गरेको पाइएको छ ।

यो गिरोहले बन्धक बनाएका मानिसहरूलाई लभ स्क्याम गर्न लगाउने अर्थात् ‘ब्वायफ्रेण्ड’ वा ‘गर्लफ्रेन्ड’ बनाएर ठगी पनि गर्दै आएका छन् । सन् २०२३ मा अगस्टाद्वारा प्रकाशित संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार म्यानमारमा कम्तीमा १२० हजार मानिस अवैध साइबर गतिविधिमा संलग्न छन् रिपोर्टमा कम्बोडियामा यस्ता पीडितको संख्या कम्तीमा एक लाख रहेको बताइएको छ ।

गत मार्चमा फिलिपिन्स प्रहरीले यस्तो गैरकानुनी काममा बाध्य भएका सयौँ मानिसहरूलाई उद्धार गरेको थियो । त्यसको केही साताअघि चीनले म्यानमारमा यसरी काम गर्ने सयौँ नागरिकको उद्धार गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालेका अनुसार भारतले कम्बोडियाका सम्बन्धित अधिकारीहरूसँग ठगी गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न सहयोग गरिरहेको छ । हालसम्म उद्धार गरिएका २५० जनामध्ये ७५ जनाको पछिल्लो तीन महिनामा उद्धार भएको भारतीय अधिकारीहरूले बताएका छन् । बाँकी कहिले बचाइयो भन्ने खुलासा गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप