महाजात्रा हेरेपछि बाबुरामले भने, ‘फिल्मको पुछारको सन्देश बढी घत पर्यो’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महाजात्रा चलचित्रको पुछारको सन्देश आफूलाई निजी रूपमा बढी घत परेको विषय भएको बताएका छन् । चलचित्र मनोरञ्जन, भावुकता र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन रहेको उत्कृष्ट प्रस्तुति रहेको उनको भनाई छ ।
‘वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा “जस्तालाई तस्तै” को तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको विषय हो,’ उनले भने ।
प्रदीप भट्टराई लिखित/निर्देशित चलचित्रमा देशमा उच्च तहमा रहेको भ्रष्टाचार, समाजको अपराधिकरण, बेरोजगारीको दर्दनाक अवस्था, परिवारको विग्रह लगायतका विषयवस्तु वस्तुपरक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको उनले सुनाए । ‘सत्यनिष्ठामा रहन प्रयत्न गर्नेहरूका निजी र पारिवारिक पीडा निकै मार्मिक ढङ्गले उठाइएका छन्,’ उनले भने, ‘महिला पात्रहरूलाई सधैँ पुरुषहरूको लाचार छायाको रूपमा उभ्याइने फिल्मी परम्परालाई तोड्दै उनीहरूको स्वायत्तता र सत्यनिष्ठामा जोड फिल्मको विशेष सबल पक्ष मान्नुपर्दछ।’
कलाकारहरूको अभिनय कौशल र एकसाथ हाँसो र रुवाइको सहज प्रस्तुति बेजोड रहेको उनले बताए । अघिल्लो खण्डलाई अलि छोट्याउन, प्रहरीको भूमिकालाई बढी संस्थागत गर्न सकेको भए सुनमा सुगन्ध हुने उनको सुझाव छ । ‘आफ्नै देशका यस्ता रचनात्मक चलचित्रहरूलाई आर्थिक रूपले सबल पार्न र प्रोत्साहित गर्न हलमा पुगेर हेर्ने बानी जनस्तरबाट पनि बसाल्ने कि?,’ भट्टराईले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ
-
आसर्नलविरुद्धको सेमिफाइनल खेलअघि डेम्बेलको आगमनले उत्साही पीएसजी
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार