काठमाडौँ । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा प्रदर्शन गरेको हो ।
_pyHRo1diYD.jpg)
देशमा व्यापक रूपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै आजपाले प्रदर्शन गरेको नेताहरूले बताए ।
_CPJxWTGQZH.jpg)
आजपाका नेताहरूले आजको खबरदारी सभा दलतन्त्रको ठेकेदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्दारहरूलाई दण्डित गर्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारबाही गराउन दबाब दिने उद्देश्यले आयोजना गरिएको दाबी गरे ।
_pypxZCgtj0.jpg)
आजपाले देश लुटेर विदेश लैजानेहरूको सम्पत्ति जफत गराउन, खुद्रा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरूको रक्षा गर्न, लघुवित्त तथा बैङ्कहरूको मनोमानी बन्द गर्न, सहकारी पीडितहरूलाई न्याय दिलाउन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिसन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महँगी नियन्त्रण गर्न, भन्सार कानुनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्वासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउन पनि आफ्नो प्रदर्शन आयोजना गरिएको बताएको छ ।
_5mhtRcS4OT.jpg)
आजपाले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही गराउन, दलित तथा अल्पसङ्ख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अङ्क र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्दाहरू स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउन, देशको निराश जनतालाई उत्साहित गर्ने उद्देश्यले जनप्रदर्शनको आयोजना गरिएको जनाएको छ ।
_htY0nxfw0I.jpg)
_Baa6bipsVG.jpg)
_pfdAFz23ei.jpg)
_S2nZR1dvSq.jpg)
_vhjgRSQhSH.jpg)
_MLFME7jEqo.jpg)
_Wd1kbjxTxr.jpg)
_VrYzlLRq7V.jpg)
_xVVvXbYdBH.jpg)
_dube03DDdO.jpg)
_W67oyWTHla.jpg)
_fvemI0eNyd.jpg)
_uh8IE90aIS.jpg)
_4lUlHztL1x.jpg)
_DUDvldsSaY.jpg)
_0QhXgD8q9x.jpg)
_7EKDGvcbtN.jpg)
_fzjqt1aWZN.jpg)
_eEZly8EbCj.jpg)
प्रतिक्रिया