गुजरात विश्वविद्यालयको मानहानि मुद्दामा संजय सिंहको याचिका खारेज
नयाँ दिल्ली । रक्सी घोटालासम्बन्धी मुद्दामा जमानतमा रिहा भएका आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहले गुजरात विश्वविद्यालयको मानहानि मुद्दामा सर्वोच्च अदालतबाट राहत पाएनन् । आफूविरुद्ध तल्लो अदालतमा चलिरहेको मानहानिको मुद्दा खारेज गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सञ्जयले गुजरातको एक विश्वविद्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीलाई लिएर टिप्पणी गरेका थिए । तल्लो अदालतले संजय सिंह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध जारी गरेको समन रद्द गर्न पनि गुजरात उच्च अदालतले अस्वीकार गरेको छ । सञ्जय सिंह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीको मामिलामा गुजरात विश्वविद्यालयमाथि विवादास्पद टिप्पणी गरेका थिए ।
यस विषयमा विश्वविद्यालयले आपराधिक मानहानि गरेको भन्दै सञ्जयविरुद्ध मुद्दा दायर गरेको थियो । यसपछि तल्लो अदालतबाट आम आदमी पार्टीका सांसदलाई हाजिरीका लागि पटक पटक समन पठाइएको थियो । यस मामिलामा गत वर्ष अप्रिल, सेप्टेम्बर र अक्टोबरमा सञ्जय सिंह र केजरीवाललाई समन पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण