बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

मङ्गलबार, २७ चैत २०८०, ०८ : ५०
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप