सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले सुरु गर्‍यो गोरखादेखि जीतगढीसम्मको पदयात्रा

मङ्गलबार, २७ चैत २०८०, १२ : ३२
मङ्गलबार, २७ चैत २०८०

पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्मको पदयात्रा सुरु गरेको छ । ऐतिहासिक महत्त्व बोकेका ठाउँको प्रवर्द्धन र विकासका लागि सेनाले गोरखासँग जोडिएका विभिन्न गढी र महत्त्वपूर्ण ठाउँहरूको पदयात्रा गरेको हो । यसअघि गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्मको यात्रा पनि गरिसकेको छ ।

गोरखादेखि जीतगढीसम्मको पदयात्रा दोस्रो पटक गरिएको हो । गोरखा दरबारदेखि सुरु भएको यात्रा ८ दिनमा जीतगढी पुग्नेछ । यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी हुनेछन् । टोलीलाई मंगलबार एक कार्यक्रम गरेर विदाइ गरिएको छ । यात्रामा ४८ जना सहभागी छन् ।

पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरेका थिए । गोरखाबाट तनहुँ, पाल्पा हुँदै जीतगढीसम्म २०७ किलोमिटर दुरी छ ।

गोरखाबाट निस्किएको टोलीले पालुङ्टार सतिघाटबाट टर्च र झण्डा तनहुँलाई हस्तान्तरण गर्नेछ । तनहुँमा चैत २८, २९ र ३० गते यात्रा रहनेछ ।

 बैशाख १, २, ३ र ४ गतेसम्म टोली पाल्पा पुग्नेछ । ५ गते जीतगढी पुगेपछि यात्रा सकिने पौडेलले बताए । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाका कार्यक्रममा गोरखालाई जोड्ने प्रयास गरिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप