बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सात भारतीय राज्यको अर्थतन्त्र १० खर्ब डलरमा पुग्ने

मङ्गलबार, २७ चैत २०८०, १४ : २७
मङ्गलबार, २७ चैत २०८०

नयाँ दिल्ली । भारतको सात वटा राज्यको अर्थतन्त्र १० खर्ब डलरमा पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०४७ सम्ममा भारत विकसित अर्थतन्त्र बन्ने बाटोमा छ । आव २०३९ सम्ममा महाराष्ट्र, गुजरात र कर्णाटकको अर्थतन्त्रले १० खर्ब डलरको आकार छुने घरेलु रेटिङ एजेन्सी इन्डिया रेटिङ्स एन्ड रिसर्चले बताएको छ ।

१० खर्ब डलरमा पुग्ने महाराष्ट्र भारतको पहिलो राज्य हुने बताइएको छ । त्यसपछि कर्णाटक, गुजरात र तमिल नाडुको अर्थतन्त्र सो स्तरमा पुग्नेछन् । उत्तर प्रदेशको अर्थतन्त्र आव २०४२ मा मात्रै १० खर्ब डलरमाथि उक्लिनेछ । कुनै पनि राज्यले १० खर्ब डलरको अर्थतन्त्र बन्ने लक्ष्य तोकिएको समयमै पूरा गर्ने छैनन् ।

भारतले आव २०२८ सम्ममा ५० खर्ब डलरको अर्थतन्त्र बन्ने लक्ष्य लिएको छ । अहिलेको दरमा बढ्दा त्यतिबेलासम्म तीन ओटा राज्यको अर्थतन्त्र मात्रै ५ खर्ब डलरको हुनेछ । विकसित देशको स्तरमा प्रतिव्यक्ति आय पुर्‍याउन राज्यहरूले अझ बढी कुर्नु पर्नेछ ।

भारतका अधिकांश राज्यहरू न्यून  मध्यम आयको श्रेणीमा छन् । प्रतिव्यक्ति आय १ हजार ८६ डलर देखि ४ हजार २५५ डलरको बिचमा छ । प्रतिव्यक्ति आयका आधारमा गोवा र सिक्किम मात्रै उच्च मध्यम आयको श्रेणीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप