बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
इद पर्वको अवसरमा काठमाडौँ देखियो उल्लास (तस्बिरहरू)
चाडपर्व

इद पर्वको अवसरमा काठमाडौँ देखियो उल्लास (तस्बिरहरू)

बिहीबार, २९ चैत २०८०

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाइरहेका छन् ।  इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिदमा सामूहिक नमाज पढिएको छ ।  

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।  राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । 

Eid (1)Eid (2)Eid (3)Eid (4)Eid (5)Eid (6)Eid (7)Eid (8)Eid (9)Eid (10)Eid (11)Eid (12)Eid (13)Eid (14)Eid (15)Eid (16)Eid (17)Eid (18)Eid (19)Eid (20)Eid (21)Eid (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया