मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
सारांश
- डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन युक्रेनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका क्रममा मैदानमै ढलेका छन्।
- खेलको ६५औँ मिनेटमा छाती समात्दै ढलेपछि खेल रोकिएको थियो र पछि खेल रद्द गरियो।
- एरिक्सन होसमा रहेको र थप उपचारका लागि लगिएको डेनिस फुटबल संघले जनाएको छ।
काठमाडौँ । डेनमार्क र युक्रेनबिच आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा डेनमार्कका स्टार खेलाडी क्रिस्टियन इरिक्सन फेरि मैदानमै ढलेका छन् । ओडेन्सस्थित नेचर इनर्जी पार्कमा खेल भइरहेका उनी मैदानमा ढलेका हुन् खेलको ६५औँ मिनेटमा इरिक्सन अचानक आफ्नो छाती समात्दै मैदानमा ढलेपछि खेल रोकिएको थियो ।
डेनिस फुटबल संघले पछिल्लो जानकारी दिँदै इरिक्सन अहिले होसमा रहेको र उनलाई थप उपचारका लागि लगिएको बताएको छ । यस घटनापछि डेनमार्क र युक्रेनबीचको खेल रद्द गरिएको छ ।
मैदानमा इरिक्सन अचानक ढलेपछि उनका साथी खेलाडी र समर्थकहरू निकै चिन्तित देखिएका थिए। यस घटनाले सन् २०२० को युरो कपमा घटेको यस्तै हृदयविदारक घटनाको सम्झना गराएको छ ।
सन् २०२० को युरो कपमा फिनल्याण्डविरुद्धको खेलका क्रममा २९ वर्षको उमेरमा इरिक्सन पहिलो पटक मैदानमै हृदयाघातका कारण ढलेका थिए ।
घरेलु टोली डेनमार्क २–१ गोल अन्तरले अगाडि थियो । डेनमार्कका लागि खेलको १३औं मिनेटमा प्याट्रिक डोर्गु र ३६औं मिनेटमा जोआकिम मेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । युक्रेनका तर्फबाट ४४औं मिनेटमा भिक्टर सिगान्कोभले एक गोल फर्काएका थिए । तर, ६५औं मिनेटमा यो दुखद घटना घटेपछि खेललाई सोही अवस्थामा स्थगित गरी रद्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण