बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शारडा ग्रुपका अध्यक्ष इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

sharada group
बिहीबार, २९ चैत २०८०, १७ : ४९
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्सको प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७३ औँ साधारण सभाको अवसरमा आयोजित समारोहमा शारडालाई सम्मानित गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष शारडालाई उनको योगदानको कदर गर्दै सम्मानित गरिएको जनाइएको छ । शारडा ग्रुपको नेतृत्व गर्दै उनले नेपालमा रोजगारीको अवसर सृजना सँगै मुलुकको आर्थिक विकासमा पुर्‍याएको सम्मानपत्रमा उल्लेख छ ।

"प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित छु" अध्यक्ष शिवरतनले भने, "शारडा ग्रुपले दशकौं देखी गरेको सेवा र गुणस्तरको मुल्यांकन हुँदा कृतज्ञ महसुस गरेको छु । हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौँ ।"

प्रतिष्ठित उद्योगी र समाजसेवी स्वर्गीय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृति पुरस्कार नामकरण गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप