सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित, लखनउ ६ विकेटले पराजित

शनिबार, ०१ वैशाख २०८१, ०८ : ०५
शनिबार, ०१ वैशाख २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

दिल्लीको जितमा जेक फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेल्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए । यसैगरी पृथ्वी साले ३२ रन बनाउँदा तृष्टन स्टुवसले १५ तथा साइ होपले १० रनको नटआउट पारि खेल्दै जित पक्का गरे । लखनउका रवि विश्नोइले २ विकेट लिँदा नभिन उल हक र एस ठाकुरले एक– एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउको सुरुआत मध्यम रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप भयो । क्वीन्टन डी कक १९ रन बनाएर आउट भए । कप्तान केएल राहुलले ३९ रन बनाएका थिए । राहुल ७७ रन हुँदा पाँचौं विकेटको रुपमा आउट भएका थिए । उनी अघि देवदत्त पडिकल ३, मार्कस स्टोनिस ८, निकोलस पुरन ० रनमा आउट भएका थिए । राहुल पछि दीपक होड्डा १० रन बनाएर आउट हुँदा क्रुनाल पाण्ड्या ३ रनमा अउट हुँदा लखनउले सातौं विकेट ९४ रनमा गुमाएको थियो । 

एक छेउँमा टिकेका आयुस बडोनीले नटआउट ५५ रनको पारि खेल्दा उनलाई अर्सद खानले २० रनको नटआउट पारि खेल्दा लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो ।

दिल्लीका कुलदीप यादवले तीन विकेट लिँदा खलिल अहमदले दुई विकेट लिए । दोस्रो जितसँग दिल्ली तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनउ ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप