आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित, लखनउ ६ विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
दिल्लीको जितमा जेक फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेल्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए । यसैगरी पृथ्वी साले ३२ रन बनाउँदा तृष्टन स्टुवसले १५ तथा साइ होपले १० रनको नटआउट पारि खेल्दै जित पक्का गरे । लखनउका रवि विश्नोइले २ विकेट लिँदा नभिन उल हक र एस ठाकुरले एक– एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको लखनउको सुरुआत मध्यम रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप भयो । क्वीन्टन डी कक १९ रन बनाएर आउट भए । कप्तान केएल राहुलले ३९ रन बनाएका थिए । राहुल ७७ रन हुँदा पाँचौं विकेटको रुपमा आउट भएका थिए । उनी अघि देवदत्त पडिकल ३, मार्कस स्टोनिस ८, निकोलस पुरन ० रनमा आउट भएका थिए । राहुल पछि दीपक होड्डा १० रन बनाएर आउट हुँदा क्रुनाल पाण्ड्या ३ रनमा अउट हुँदा लखनउले सातौं विकेट ९४ रनमा गुमाएको थियो ।
एक छेउँमा टिकेका आयुस बडोनीले नटआउट ५५ रनको पारि खेल्दा उनलाई अर्सद खानले २० रनको नटआउट पारि खेल्दा लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो ।
दिल्लीका कुलदीप यादवले तीन विकेट लिँदा खलिल अहमदले दुई विकेट लिए । दोस्रो जितसँग दिल्ली तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनउ ६ अंकसहित चौथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण