शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटकका लागि नयाँ गन्तव्य 'भच्चेक–बारपाक–माछिखोला' ट्रेक (तस्बिरहरू)
घुमफिर

पर्यटकका लागि नयाँ गन्तव्य 'भच्चेक–बारपाक–माछिखोला' ट्रेक (तस्बिरहरू)

शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । गोरखा जिल्ला पर्यटकहरूको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुदै गरेको छ, भच्चेक– बारपाक–माछीखोला ट्रेक ।

गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरी धार्चे गाउँपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुनसक्छ । सो ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ । २०७२ सालको गोरखा भूकम्पले क्षति पुगेका यी गाउँहरुको अवलोकन गर्दै, स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । 

राजधानी काठमाडौँको नयाँबसपार्कबाट बिहान सात बजे भच्चेकको लागि बस छुट्छ । सो बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरूको घुमफिर गरी भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । 

पहिलो दिन भच्चेक, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुँदै बारपाकमा बास बस्ने गरी जान सकिन्छ । बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधनको प्रयोग गरी समेत बारपाक पुग्न सकिन्छ । करिब १५ सय भन्दा धेरै घरहरू रहेको बारपाक २०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु समेत हो, आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै चहलपहल देखिने बारपाकले भने भूकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । 

_AB_4308 (3)

परम्परागत घरहरू भत्किएपछि यहाँ आधुनिक र कङ्क्रिटका घरहरू बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिब साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाउँपालिकाको लाप्राक गाउँ । लाप्राक पुरानो गाउँ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरूलाई स्वागत गरिरहेको हुन्छ ।

०७२ को भूकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीहरूले बनाइदिएको सो नयाँ बस्ती पर्यटकहरूको अर्को आकर्षणको केन्द्र हो । लाप्राक पुरानो गाउँ पहिरोको जोखिमका बिच पनि त्यहाँका मानिसहरू खेतीबारीका लागि भने नयाँ बस्तीमा खासै बस्ने गर्दैनन् ।

_AB_4281 (3)

आलु, जौ, कोदी नै यहाँको प्रमुख उत्पादन हो । परम्परागत घर तथा गुरुङ संस्कार र संस्कृति अनुसारको अतिथि स्वागत यहाँको विशेषता हो । खेतबारी, घाँस दाउरामै रमाउने यहाँका मानिसहरूको बानी हो । लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ गुम्दाको लागि । 

_AB_3892 (3)

लाप्राकबाट करिब दुई घण्टाको दुरीमा रहेको गुम्दा गाउँ पनि सडक सञ्जालले जोडिएको छ । पहेँलो जौ बारी, र जौ भित्राउनका लागि हतारिएका स्थानीयहरू बारीमा काम गरी रहेको देखिन्छ सो गाउँमा । यहाँ विभिन्न समयमा विभिन्न मेलाहरू लाग्ने गर्दछ, आलु मेला, मकै विवाह यहाँका सांस्कृतिक मेलाहरू मध्येमा पर्दछ । गुम्दामा एक दिन बिताएपछि यामगाँउ, लप्सीबोट हुदै माछिखोला पुग्न सकिन्छ । माछिखोला बुढिगण्डकी र रेचे खोला (हाइड्रो खोला) को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनासलु सर्किटको प्रस्थान विन्दु समेत हो । 

_AB_4998 (3)

माछिखोलासम्म गोरखाबजार र काठमाडौँका लागि दिवा तथा रात्रिकालीन सार्वजनिक यातायातको समेत सुविधा रहेको छ । यसरी करिब चार देखि पाँच दिनको सो भच्चेक, बारपाक, माछिखोला ट्रेक अन्त्य गर्न सकिन्छ । आर्थिक हिसाबले निकै सस्तो रहेको सो ट्रेक सडकको अवस्था सुधार भएपछि मोटरबाइक तथा जिपमा समेत यात्रा गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा भच्चेक–बारपाक–माछिखोला ट्रेक स्थापित हुन सक्छ । 

_AB_3428 (3)_AB_3431 (3)_AB_3441 (3)_AB_3569 (3)_AB_3590 (3)_AB_3653 (3)

_AB_3756 (3)_AB_3856 (3)_AB_3911 (3)_AB_3920 (3)_AB_4178 (3)_AB_4189 (3)_AB_4193 (3)_AB_4256 (3)_AB_4297 (3)

_AB_4317 (3)_AB_4366 (3)_AB_4427 (3)_AB_4532 (3)_AB_4598 (3)_AB_4605 (3)_AB_4687 (3)_AB_4716 (3)_AB_4804 (3)_AB_4821 (3)_AB_4882 (3)_AB_4907 (3)_AB_4958 (3)_AB_4993 (3)_AB_4998 (3)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया