बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३  लाख डलर सहयोगको प्रतिबद्धता

शुक्रबार, ०७ वैशाख २०८१, ०६ : ४५
शुक्रबार, ०७ वैशाख २०८१

विकाश राज न्यौपाने/टेक्सस । टेक्ससको ड्यालसमा सम्पन्न नौ दिने नवाह महायज्ञ सम्पन्न भएको छ । राम नवमीको अवसर पारेर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अप्रिल ९ देखि सुरु गरेको नवाहमा ड्यालस फोर्टवर्थका नेपालीहरूको  उल्लेख्य सहभागिता रहेको थियो ।

पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले लगाइएको नवाहको क्रममा दाताहरूबाट ३३  लाख डलर सहयोगको प्रतिबद्धता आएको छ । यो सहयोग बढीमा आउँदो तीन वर्षभित्र दाताहरूले मन्दिरलाई दिइसक्ने प्रतिबद्धता जनाएका छन् । कतिपयले भने प्रतिबद्धता जनाएको रकम तत्कालै दिएका छन् ।

नौ दिनको अवधिमा १६ हजार दुई सय भक्तजनहरू नवाहको लागि मन्दिरमा आएको रजिस्ट्रेसनबाट देखिएको छ । मन्दिरको पछाडिबाट प्रवेश गर्नेहरूलाई पनि गन्ने हो भने यो सङ्ख्यामा अझै १५ देखि २० प्रतिशत थप हुने  रजिस्ट्रेसन संयोजक वासु श्रेष्ठले जानकारी दिए । सबैभन्दा धेरै सहभागिता अप्रिल १३ तारिख आइतबार थियो । सो दिन तीन हजार दुईसयजनाले दर्ता गरेर प्रवेश गरेका थिए । 

मन्दिर र स्तुपा निर्माणको लागि समुदायले देखाएको अपार सहयोगको लागि समापन समारोहमा मन्दिर बोर्ड अफ ट्रष्टकी अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा प्रेम अधिकारी, मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष छबी चापागाई लगायतले खुशी व्यक्ति गर्दै हरेक दिन मन्दिरलाई माया गर्न र सबै परिवार कम्तीमा फाउण्डिंग मेम्बर बनेर सहयोग गरिदिन आव्हान गरे । नौ दिनको अवधिमा तीनसय १४ जनाले संस्थापक सदस्य थपिएका छन् । 

समापनको दिन टेक्ससका सफल व्यवसायी एवं समाजसेवी भीम कार्की र इन्दिरा कार्की दम्पतीले मन्दिरलाई एकलाख ११ हजार एकसय ११ डलर सहयोग गर्ने घोषणा गरे । त्यस्तै नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेल दम्पतीले ५० हजार सहयोगको घोषणा गरेका छन् । सिपिए प्रेम शाहीले पनि ५० हजार सहयोगको घोषणा गरेका छन् । 

n1

नवाहको अवधिमा ६ जनाले मन्दिरलाई एकलाख भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । एकलाख भन्दा बढी सहयोग गर्नेलाई मन्दिरले वाल अफ अनर प्रदान गर्ने नीति लिएको छ ।

n2

समापन समारोहमा मन्दिर ट्रष्टका उपाध्यक्ष डा प्रेम अधिकारीले नेपाली हरेक परिवार नछुटुन् र सबैले सदस्यता लिने अवस्था होस् भनेर सजिलो किस्ताबन्दी प्लान ल्याएकोले सदस्य बढेको जानकारी दिए । 

n4n5n6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप