शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

चेन्नई र लखनउका कप्तानलाई जरिवाना

शनिबार, ०८ वैशाख २०८१, १२ : ३१
शनिबार, ०८ वैशाख २०८१

लखनउ । चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२/१२ लाख रुपैयाँ जरिवाना गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार लखनउ र चेन्नईबिच लखनउमा खेल भएको थियो । खेलमा स्लो ओभर रेटका कारण दुवै टोलीका कप्तानलाई जरिवाना गरिएको हो । 

आईपीएलले खेलपछि यो जानकारी दिएको हो ।यस सिजन लखनउ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको आईपीएल अधिकारीहरुले बताएका छन् ।

यसअघि बिहीबार खेलिएको खेलमा पनि मुम्बईका कप्तान हार्दिक पाण्ड्या स्लो ओभर रेट गरेको भन्दै १२ लाख जरिवाना गरिएको थियो । त्यस्तै मंगलबार कोलकातामा राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । 

राजस्थान रोयल्स (आरआर)का कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ पनि जरिवाना गरिएको छ । गुजरात टाइटन्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको थियो । 

लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । आईपीएलको १६ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध पन्तलाई २४ लाख जरिवाना गरिएको थियो । यति मात्र होइन, पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको छ । 

यो सिजनको सातौँ खेलमा चेन्नईविरुद्धको खेलमा गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप