सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्टले गर्‍यो ‘योङ्ग इनोभेटर्स मिट’

आइतबार, ०९ वैशाख २०८१, १२ : ५२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले ‘योङ्ग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ‘स्टार्टअप’ व्यवसाय गरिरहेका र व्यवसायमा लाग्न चाहने युवालाई प्रोत्साहन गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको हो ।

अध्यक्ष रमेशकुमार भट्टराईले देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन भइरहेको बताए । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए ।

उनले यसप्रकारको कार्यक्रम काठमाडौँ लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए । कार्यक्रममा नेपाल बैंकका पूर्व कार्यकारी प्रमुख देवेन्द्रप्रताप शाहले युवाहरू अघि नबढी देश नबन्ने बताए ।

युवाहरूले नयाँ नयाँ कामको सम्भावना खोजी गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरी काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप