रिङरोडमा ‘सारी राइडर’ !
काठमाडौँ । ‘१८ औं इन्टरनेश्नल फिमेल राइड डे’ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सको आयोजनामा ‘मोटोगल्र्स टु द रिङरोड’ सम्पन्न भएको छ । शनिबार नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल र पर्यटन बोर्डकी म्यानेजर श्रद्धा श्रेष्ठले संयुक्त रूपमा फ्ल्याग अफ गरेर राइड कार्यक्रमको उद्घाटन गरेका थिए ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट सुरु भएको ‘मोटोगल्र्स टु द रिङरोड’ चक्रपथ परिक्रमा गरेर सोरखुट्टेस्थित सेभेन ह्विलर्स रेस्ट्रोमा पुगेर समापन भएको थियो । सारीमा सजिएका महिला राइडरहरू यस कार्यक्रममा सहभागी भएका थिए । जसमा प्रोफेसनल राइडरदेखि फरक फरक क्षेत्रमा क्रियाशिल लेडी राइडरको सहभागिता थियो । महिला राईडरहरुले सारीमा बाइक राइड गर्दा फरक अनुभव भएको बताए । संस्कृतीको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने नारा बोकेर मोटोगल्र्स टु रिङरोड राइड आयोजना गरिएको हो । गत वर्ष आयोजना गरिएको ‘मोटोगल्र्स टु सिन्धुलीगढी’ राइड कार्यक्रमकै यो निरन्तरता हो ।
‘दुई पाङ्ग्रेको एनिभर्सरीको अवसर पारेर आयोजना ग-यौँ । यो कार्यक्रम अत्यन्त सफल भयो ।’ दुईपाङ्ग्रे क्विन्सकी प्रमुख तुलसा पहाडीले भनिन्, ‘आउने दिनमा सगरमाथा लगायत अन्य क्षेत्रमा यो कार्यक्रम गर्नेछौं ।’ गत वर्ष १४ जना राइडर कार्यक्रममा सहभागि थिए भने यसपाली ३० जनाको सहभागिता रहेको थियो ।
मोटोगल्र्स टु रिङरोड राइड कार्यक्रमलाई सफल बनाउन अठोट नेपाल मुख्य आयोजक र नेपाल पर्यटन बोर्ड, एका कुम्बुचा, सेभेन ह्विलर्स रेस्ट्रो र प्युयोर एजुकेसन सोलुसन सहयोगीका रूपमा रहेका थिए ।
अठोट नेपालका सञ्चालक देवेन्द्र शाही ठकुरीले लेडी राइडरहरुको उल्लेखनिय सहभागिता र उनीहरुमा विशेष क्षमता रहेको भन्दै प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण