आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत विवादमा : कांग्रेस अदालत जाने

आइतबार, २३ वैशाख २०८१, १९ : १५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको भन्दै अदालत जाने बताएको छ । 

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताए। आइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताए ।

उनले भने, ‘हामी दुई लडाइ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्ने छौँ भने न्यायिक रूपमा पनि लड्छौँ । आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ ।’ उनले यस्ता गतिविधिले संविधान सिध्याउने खेल भएको बताए ।  उनका अनुसार सोमबार नै कांग्रेस सर्वोच्च अदालत जानेगरी तयारी भएको छ । 

विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको थियो । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप