काठमाडौँमा दुई जना मृत फेला
आइतबार, २३ वैशाख २०८१, १८ : ४६
काठमाडौँ । काठमाडौँमा आइतबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएका ३९ वर्षीय सञ्जीव नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी चन्द्रागिरि नगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता बर्दियाको बढैयाताल गाउँपालिका-१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै तनहुँको ब्यास नगरपालिका-१० शियोर रातोमाटे बस्ने ३३ वर्षीय अनिल दाहाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण