शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

सोमबार, १० वैशाख २०८१, १६ : १२
सोमबार, १० वैशाख २०८१

रुपन्देही । सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा  बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप