शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति सुरु

मङ्गलबार, ११ वैशाख २०८१, ०८ : ०८
मङ्गलबार, ११ वैशाख २०८१

तनहुँ ।  दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ । 

शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन् । 

विश्व बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो ।  शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । 

उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । केही भागमा ढलान हुनेछ  बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप