सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने

बुधबार, १२ वैशाख २०८१, १४ : ४४
बुधबार, १२ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसले अहिलेसम्म गान्धी परिवारको गढ मानिने उत्तर प्रदेशको दुई महत्त्वपूर्ण सिट अमेठी र रायबरेलीमा आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन । यी दुवै सिटमा कंग्रेस हाइकमानको फैसला उत्सुकतापूर्वक पर्खिरहेका छन् । 

जानकार स्रोतहरूलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाहरूले अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका गान्धी चुनाव लड्ने तय भएको बताएका छन् । पार्टीले आन्तरिक रुपमा सर्वेक्षण गरेपछि यी दुवै सिटमा गान्धी परिवारबाटै उम्मेदवार खडा गर्ने फैसला गरिएको हो । बायनाडमा अप्रिल २६ मा दोस्रो चरणको मतदान पछि यसबारे घोषणा हुन सक्ने बताइएको छ ।

आन्तरिक सर्वेक्षणबाट निर्णय

प्रदेश कंग्रेसका नेताहरूले लामो समयदेखि अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंकाले चुनाव लड्नुपर्ने माग गरिरहेका थिए । प्रदेश एकाईले केन्द्रीय निर्वाचन समिति कहाँ यी दुवै नेताको नाम पठाएको थियो । यसबाहेक पनि दुवै लोकसभा क्षेत्रमा पार्टीले आन्तरिक सर्वेक्षण पनि गराएको थियो । सर्वेक्षणको नतिजा पनि यी दुवै नेताको पक्षमा आएको थियो ।

गान्धी परिवारप्रति दुवै क्षेत्रका मानिसमा सकारात्मक प्रतिक्रिया पाइएको थियो । चुनावमा दुवै नेताले जित्न सक्ने सम्भावना पनि सर्वेक्षणले देखाएको छ । पार्टीले छिट्टै यसको घोषणा गर्न सक्ने बताइएको छ । लोकसभामा आफ्नो सिट रायबरेलीबाट छोरीले चुनाव लडोस् भन्ने सोनियाको चाहना भएको बताइएको छ । अमेठीको लागि राहुलको नामलाई उनले समर्थन गरिएको बताइएको छ ।

सोनियाले लोकसभा निर्वाचन नलड्ने निर्णय गरेकी छिन् । उनी राजस्थानबाट राज्य सभाको सदस्य बनेकी छिन् । राहुल र प्रियंका अमेठी र रायबरेलीबाट चुनाव लड्न तयार थिएनन् । तर पार्टी नेताहरूको निरन्तरको अनुराधेमा यसको लागि राजी भएको बताइएको छ । दुवै सिटमा पाँचौँ चरणमा मे २० मा मतदान हुने भएकोले मनोनयनका लागि समय बाँकी छ । मे ३ सम्ममा नाम बुझाउनु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप