शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?

बिहीबार, १३ वैशाख २०८१, १३ : ०१
बिहीबार, १३ वैशाख २०८१

बिहार । भारतको बिहार राज्यमा सत्तारुढ दल जनता दल (युनाइटेड)का नेता सौरभ कुमारको गोली हानी हत्या भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सौरभ कुमार बुधवार राति एक वैवाहिक समारोहबाट फर्कँदै गर्दा पटना नजिकै रहेको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए ।

‘सौरभ कुमार आफ्ना साथीहरूसँग बिहेको रिसेप्शन कार्यक्रममा गएका थिए । त्यहाँबाट फर्कने क्रममा उनलाई मोटरसाइकलमा सवार केही अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए । अस्पताल पुर्‍याउने क्रममा उनको मृत्यु भइसकेको थियो । उनको साथमा मुनमुन कुमार पनि घाइते भएका थिए र उनलाई अस्पताल लगिएको थियो । सब डिभिजनल पुलिस अफिसर कन्हैया सिंहले समाचार एजेन्सी एएनआईलाई भने ।

यस मामिलाबारे गहन अनुसन्धान भइरहेको यो सम्पूर्ण घटना दुर्भाग्यपूर्ण भएको र निन्दनीय बताउँदै जेडीयू नेता अभिषेक झाले बताए । हत्याको पछाडि जो भएपनि कडा भन्दा कडा कारबाही गरिनेछ बताइएको छ । राजनीतिक कार्यकर्ताको हत्या निन्दनीय रहेको बिहार कांग्रेसका अध्यक्ष अखिलेश प्रसाद सिंहले बताएका छन् । सरकारले यस मामिलामा तुरुन्तै कारबाही गर्नुपर्ने, सत्य तथ्यमा पुग्नुपर्ने र दोषी जो कोही भए पनि कडाभन्दा कडा सजाय गर्नु पर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप