आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ

बिहीबार, १३ वैशाख २०८१, १६ : ३९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना खुँखार डाँकालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक छन् ।

उनको साथबाट ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेस्तोल बरामद गरेको हो । पोखरामा डाँका चोरी र लुटपाटमा संलग्न आरोपी नरबहादुरलाई १३ वटा मुद्दा लागेको भेटिएको छ ।

लागुऔषध,चोरी,डाँका,लुटपाट र अभद्र व्यवहार सहित उनी विरुद्ध प्रहरीले यसअघि १३ वटा मुद्दामा अनुसन्धान गरेको प्रहरीको अपराध तथ्याङ्क रेकर्डमा भेटिएको छ । २०६२ सालदेखि नै उनी अपराधमा संलग्न रहेको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप