आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

बिहीबार, १३ वैशाख २०८१, २१ : ३५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा अन्यत्र काम नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ । काठमाडौँ महानगरको शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई यस्तो चेतावनी दिएकी हुन् । 

महानगरभित्रका विद्यालयहरूलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने लगायत कार्यमा नपठाउन भनेको हो ।

शिक्षकहरूलाई समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन सचेत गराएको हो । 

त्यस्तो गरेको पाइएमा प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप