शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा मध्यावधितिर जाने डर पनि छ : माओवादी

आइतबार, २३ वैशाख २०८१, १६ : १३
आइतबार, २३ वैशाख २०८१

पोखरा । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा मध्यावधिको डर कायमै रहेको बताएका छन् । आइतबार मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमा छलफल गर्दै उनले अहिलेको मुख्यमन्त्रीलाई विश्वासको मत नदिए मध्यावधिमा जाने डर रहेको बताएका हुन् । 

‘हुन त अदालतले बाटो खोलेको छ । संसदमा विकल्प छँदासम्म सरकार बन्छ । यसै गरी जाँदा मध्यावधितिर जाने खतरा पनि छ,’ उनले भने, ‘त्यसैले अहिलेकै सरकारलाई विश्वासको मत दिनुपर्छ ।’ 

उनले विगतका सरकारले नगरेका काम अहिलेको सरकारले गर्ने दाबी गरे । ‘विगतका सरकारबाट न्याय नपाएका जनतालाई न्याय दिने दृढ अठोटका साथ अघि बढेका छौँ । केही कामको थालनी पनि गरिएको छ । निरन्तरता दिन विश्वासको मत दिनुपर्छ,’ उनले भने, ‘समाजवादको न्यूनतम मान्यता कायम गर्न सफल हुन्छौँ ।’

चुमानले जोर सांसद भएको ठाउँमा बराबरी कहिल्यै नहुने बताए । ‘बिजोरमा पो बराबरी हुन्छ । जोरमा बराबरी हुँदैन,’ उनले भने, ‘केही व्याख्या भएका छन्, केही हुँदै जालान् । माओवादीले मुख्यमन्त्री ज्यूलाई समर्थन गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप