गण्डकीमा मध्यावधितिर जाने डर पनि छ : माओवादी
पोखरा । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा मध्यावधिको डर कायमै रहेको बताएका छन् । आइतबार मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमा छलफल गर्दै उनले अहिलेको मुख्यमन्त्रीलाई विश्वासको मत नदिए मध्यावधिमा जाने डर रहेको बताएका हुन् ।
‘हुन त अदालतले बाटो खोलेको छ । संसदमा विकल्प छँदासम्म सरकार बन्छ । यसै गरी जाँदा मध्यावधितिर जाने खतरा पनि छ,’ उनले भने, ‘त्यसैले अहिलेकै सरकारलाई विश्वासको मत दिनुपर्छ ।’
उनले विगतका सरकारले नगरेका काम अहिलेको सरकारले गर्ने दाबी गरे । ‘विगतका सरकारबाट न्याय नपाएका जनतालाई न्याय दिने दृढ अठोटका साथ अघि बढेका छौँ । केही कामको थालनी पनि गरिएको छ । निरन्तरता दिन विश्वासको मत दिनुपर्छ,’ उनले भने, ‘समाजवादको न्यूनतम मान्यता कायम गर्न सफल हुन्छौँ ।’
चुमानले जोर सांसद भएको ठाउँमा बराबरी कहिल्यै नहुने बताए । ‘बिजोरमा पो बराबरी हुन्छ । जोरमा बराबरी हुँदैन,’ उनले भने, ‘केही व्याख्या भएका छन्, केही हुँदै जालान् । माओवादीले मुख्यमन्त्री ज्यूलाई समर्थन गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण