शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा

आइतबार, २३ वैशाख २०८१, १७ : ०४
आइतबार, २३ वैशाख २०८१

मस्को । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध फाैजदारी मुद्दा दायर गरेको छ । सरकारी समाचार संस्था तासले बताएअनुसार जेलेन्स्कीलाई  वान्टेडको सूचीमा पनि राखिएको छ ।

रुसको आन्तरिक मामिला मन्त्रालयले जेलेन्स्कीलाई वान्टेडको सूचीमा राखेको भने बताइएको भएपनि तासले यसबारे थप विवरण भने दिएको छैन ।

सोभियत युगका स्मारकहरू ध्वस्त पारेको भन्दै रुसको प्रहरीले फेब्रुअरीमा इष्टोनियाका प्रधानमन्त्री काजा कालास, लिथुआनियाका संस्कृति मन्त्री र लाटभियाको पूर्व सांसदहरूलाई पनि वान्टेडको सूचीमा राखेको थियो ।

गएको वर्ष युद्ध अपराधमा पुटिनका नाममा वारेन्ट जारी गरेका अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजनकर्ताको नाममा पनि रुसले पक्राउ पुर्जी जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप