रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा
आइतबार, २३ वैशाख २०८१, १७ : ०४
मस्को । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध फाैजदारी मुद्दा दायर गरेको छ । सरकारी समाचार संस्था तासले बताएअनुसार जेलेन्स्कीलाई वान्टेडको सूचीमा पनि राखिएको छ ।
रुसको आन्तरिक मामिला मन्त्रालयले जेलेन्स्कीलाई वान्टेडको सूचीमा राखेको भने बताइएको भएपनि तासले यसबारे थप विवरण भने दिएको छैन ।
सोभियत युगका स्मारकहरू ध्वस्त पारेको भन्दै रुसको प्रहरीले फेब्रुअरीमा इष्टोनियाका प्रधानमन्त्री काजा कालास, लिथुआनियाका संस्कृति मन्त्री र लाटभियाको पूर्व सांसदहरूलाई पनि वान्टेडको सूचीमा राखेको थियो ।
गएको वर्ष युद्ध अपराधमा पुटिनका नाममा वारेन्ट जारी गरेका अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजनकर्ताको नाममा पनि रुसले पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण