शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला

आइतबार, २३ वैशाख २०८१, १६ : ०९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ ।  कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ । मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव गोताखोरले निकालेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि नम्बर–२४ कालिका गणबाट परिचालित गोताखोरले शव निकालेको डीएसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप