गण्डकीमा सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी
पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सभामुखलाई नै महाअभियोग लगाउने चेतावनी दिएको छ । दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख तटस्थ नबसे महाअभियोग लगाउनुपर्ने अवस्था आउने चेतावनी दिएका हुन् ।
‘दुर्घटना भएन भने यो संसद्को अवधि साढे ३ वर्ष छ । याद राख्नुस्, सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो । यदि कांग्रेसलाई नजरअन्दाज गरिरहनुभयो भने साढे ३ वर्ष कसरी चल्छ हामी पनि हेर्छौँ,’ उनले भने, ‘सभामुखले आफ्नो निर्णय र घोषणा गर्दा पनि संविधानमा लेखिएका कुरा ख्याल गर्नुस् । हरेक व्याख्यामा भनेको छ, संविधानमा पनि भनेको छ । सभामुख रेफ्री हो । तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, तटस्थ बस्नुहोला । समयमै भनिरहँदा पनि अटेर गर्ने हो भने सभामुखले रोष्टममा उभिएर जवाफ दिनुपर्ने हुनसक्छ ।’
पाण्डेले संविधानको विषयमा सर्वोच्चले गरेको व्याख्यामा असहमति जनाए । ‘अदालतले गरेको फैसलामा मेरो पार्टी र मेरो गम्भीर असहमति छ । कोशीमा उही कुरामा एउटा फैसला आयो, गण्डकीमा अर्को निर्णय आयो । यो संविधानको खिलाफमा छ । तर पनि हामी सर्वोच्चलाई मान्ने पार्टीका हौँ । हामी मान्छौँ,’ उनले अघि थपे, ‘कहिल्यै पनि संसारमा नभएको पनि छैन, अदालतका निर्णय बेठिक पनि भएका छन्, सच्याइएका पनि छन् । कुनै कालखण्डमा यो निर्णय सच्याउनेछ । यदि यसरी नै अगाडी बढ्ने र नसच्याउने भने न्याय मर्छ, अदालतप्रतिको विश्वास घट्छ ।’
मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा राखेको विश्वासको मतको प्रस्ताव माथि छलफलमा सहभागी भएका पाण्डेले अधिकारीलाई विश्वासको मत नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण