प्रहरीको सरुवा
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
शुक्रबार, १४ वैशाख २०८१, २३ : २७
काठमाडौँ । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।
यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए ।
यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योग्य भीसीहरूले सुर्धालान् त विश्वविद्यालय ?
-
सलमान खानको घरबाहिर गोली प्रहारको घटनामा पाँचौँ आरोपी पक्राउ
-
रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
-
सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो: मन्त्री अधिकारी
-
‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा
-
डिशहोमले विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै