विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत
काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो ।
यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ । यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ ।
यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।
विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै यो ऋण सहयोगले नेपालको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र यससँग सम्बन्धित लगानीलाई प्रोत्साहन गर्ने छ ।
बैंकिङ क्षेत्रको पोर्टफोलियोमा ग्रीन बोन्डस, जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य भेट्टाउनका लागि सहयोगी बन्ने बताइएको छ ।
‘यो रकमले नेपाल सरकारलाई आफ्नो देशको निजी क्षेत्रको वित्तीय क्षेत्र सुधारमा भूमिका खेल्छ,’ विश्व बैंक टास्क टिम लिडर फर दि प्रोजेक्ट तात्सिना क्लिअत्स्कोवाले भनिन्, ‘बैंकिङ, बीमा र पुँजी बजारको सुधारको औजार चलाउन सहयोगी बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण