जापानले बनायो ६जी चल्ने डिभाइस, ५जीको भन्दा २० गुणा बढी स्पिड
टोकियो । जापानले ६जी चल्ने डिभाइस बनाएको छ । यो ६जी चल्ने विश्वको पहिलो उपकरण भएको बताइएको छ ।
यो एउटा प्रोटोटाइप डिभाइस मात्रै हो । तर यसको स्पिड ३०० फिटभन्दा फराकिलो दायरामा पनि सय जीबीपीएस भन्दा धेरै छ । अहिलेको ५जी प्रविधिको तुलनामा यसको गति २० गुणा बढी रहेको बताइएको छ ।
यो डिभाइस जापानी दूरसञ्चार कम्पनीहरू डोकोमो, एनटीटी कर्पाेरेशन, एनईसी कर्पोरेशन र फुजित्सुलगायतले मिलेर बनाएका हुन् । समाचारका अनुसार यो ६जी प्रोटोटाइप डिभाइस १०० गीगाहर्ज ब्याडमा घरभित्र १०० जीबीपीएसको गतिले चल्छ । घर बाहिर भने यही गतिमा चल्न ३०० गिगाहर्ज ब्यान्ड चाहिने बताइएको छ ।
गएको वर्ष चीनले विश्वको सबैभन्दा छिटो गतिको इन्टरनेट ल्याएको थियो । यसको गति विद्यमान ५जी इन्टरनेटको तुलनामा १० गुणा बढी थियो । यस गतिमा एक सेकेण्डमा १५० एचडी फिल्मको प्रत्यक्ष प्रसारण वा डाउनलोड गर्न सकिने दाबी गरिएको थियो ।
सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पाेरेशनको सहयोगमा चीनले विश्वको सबैभन्दा छिटो इन्टरनेट परियोजना सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण