आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

म्याडोनाको फ्रि कन्सर्टमा १६ लाखभन्दा बढी दर्शक

सोमबार, २४ वैशाख २०८१, १७ : ४६
सोमबार, २४ वैशाख २०८१

रियो द जेनरियो । अमेरिकी गायिका म्याडोनाले गएको शनिबार राति ब्राजिलको रियो द जेनरियोमा फ्रि कन्सर्ट गरेकी थिइन् । कन्सर्ट त्यहाँको चर्चित कोपाक्याबाना तटमा भएको थियो । 

६५ वर्षीय गायिकाको वर्ल्ड टुरको अन्तिम दिनमा संगीतमा ४० वर्षीय करियरको उत्सव मनाउन निःशुल्क कन्सर्ट गरिएको थियो । सो कन्सर्टमा १६ लाख भन्दा बढी दर्शक आएको बताइएको छ ।

गायिका आउनु भन्दा अगाडिदेखि नै स्पिकरमा बजिरहेका गीतमा फ्याहरूको भिड नाचिरहेको देखिएको थियो । कन्सर्टमा गायिकाले आफ्नो कयौँ चर्चित गीत गाएकी थिइन् । ब्राजिलियन गायिका अनिताले पनि सो कन्सर्टमा प्रस्तुति दिएकी थिइन् । कन्सर्ट स्थलमा ओइरिएका दर्शकहरूलाई सहज होस् भनेर ठाउँ ठाउँमा विशाल स्क्रिन पनि राखिएको थियो । केहीले अपार्टमेन्ट, घर र डुंगाबाट पनि कन्सर्ट हेरेका थिए । 

यूरोप र उत्तर अमेरिकामा म्याडोनाको टुरमा ८० ओटा कन्सर्ट गरिएको थियो । ब्राजिलको कन्सर्ट सो टुरको अन्तिम कन्सर्ट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप