म्याडोनाको फ्रि कन्सर्टमा १६ लाखभन्दा बढी दर्शक
रियो द जेनरियो । अमेरिकी गायिका म्याडोनाले गएको शनिबार राति ब्राजिलको रियो द जेनरियोमा फ्रि कन्सर्ट गरेकी थिइन् । कन्सर्ट त्यहाँको चर्चित कोपाक्याबाना तटमा भएको थियो ।
६५ वर्षीय गायिकाको वर्ल्ड टुरको अन्तिम दिनमा संगीतमा ४० वर्षीय करियरको उत्सव मनाउन निःशुल्क कन्सर्ट गरिएको थियो । सो कन्सर्टमा १६ लाख भन्दा बढी दर्शक आएको बताइएको छ ।
गायिका आउनु भन्दा अगाडिदेखि नै स्पिकरमा बजिरहेका गीतमा फ्याहरूको भिड नाचिरहेको देखिएको थियो । कन्सर्टमा गायिकाले आफ्नो कयौँ चर्चित गीत गाएकी थिइन् । ब्राजिलियन गायिका अनिताले पनि सो कन्सर्टमा प्रस्तुति दिएकी थिइन् । कन्सर्ट स्थलमा ओइरिएका दर्शकहरूलाई सहज होस् भनेर ठाउँ ठाउँमा विशाल स्क्रिन पनि राखिएको थियो । केहीले अपार्टमेन्ट, घर र डुंगाबाट पनि कन्सर्ट हेरेका थिए ।
यूरोप र उत्तर अमेरिकामा म्याडोनाको टुरमा ८० ओटा कन्सर्ट गरिएको थियो । ब्राजिलको कन्सर्ट सो टुरको अन्तिम कन्सर्ट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण