आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ५०
मङ्गलबार, २५ वैशाख २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकबाट स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त रकमसहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप