बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

घरेलु मैदानमा बलियो दिल्लीलाई मुम्बईको चुनौती

शनिबार, १५ वैशाख २०८१, १३ : ३६
शनिबार, १५ वैशाख २०८१

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) खेलिनेछ। आजको पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच हुनेछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । वानखेडेमा भएको अन्तिम खेल मुम्बईले २९ रनले जितेको थियो । आजको दोस्रो खेल लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबिच भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियम, लखनउमा साँझ ७:४५ बजे हुनेछ।

  • हेड टु हेडमा मुम्बई अगाडि

हेड टु हेडमा मुम्बईको माथिल्लो हात छ। आईपीएलमा हालसम्म यी दुई टोलीबिच कुल ३४ खेल खेलिएका छन् । जसमध्ये दिल्लीले १५ खेल जितेको छ भने मुम्बईले १९ जितेको छ । 

अरुण जेटली स्टेडियममा दुवै टोलीले १० पटक खेलेका छन् । यसमध्ये दिल्लीले ६ पटक र मुम्बईले ४ पटक जितेका छन् ।

  • दिल्लीका कप्तान पन्त फर्म‍

यो सिजन दिल्लीको दसौँ खेल हुनेछ। ९ मध्ये ४ जित र ५ हारसँगै ८ अङ्क जोडेको टोली अङ्क तालिकाको छैटौँ स्थानमा छ । दिल्लीका कप्तान ऋषभ पन्त उत्कृष्ट फर्ममा छन् । पन्त टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ३४२ रन बनाएका छन् । 

बलिङमा रिष्ट स्पिनर कुलदीप यादव शीर्ष स्थानमा छन् । उनले ६ खेलमा १२ विकेट लिएका छन् । बायाँ हाते तेज बलर खलील अहमद पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

  • बुमराहको प्रभावशाली प्रदर्शन

यो मुम्बईको नवौँ खेल हुनेछ। टोलीले ८ खेलमध्ये ३ खेलमा मात्रै जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई ६ अङ्कसहित तालिकाको ८ औँ स्थानमा छ ।

bumrah

टोलीका पूर्व कप्तान रोहित शर्माले सबैभन्दा धेरै रन बनाएका छन् । उनले ८ खेलमा ३०३ रन बनाएका छन् । त्यस्तै जसप्रित बुमराह १३ विकेट लिएर लिगमा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् ।

  • पिच रिपोर्ट

अरुण जेटली रंगशालाको पिच ब्याट्सम्यानका लागि उत्कृष्ट हुनेछ । यहाँ पेसरहरूले प्रारम्भिक ओभरहरूमा नयाँ बलको साथ केही मद्दत पनि पाउन सक्छन्।

आईपीएलमा हालसम्म यहाँ कुल ८६ खेल खेलिएका छन् । जसमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले ३९ खेल जितेको छ भने दोस्रो ब्याटिङ गर्ने टोलीले ४६ खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।

  • मौसम अवस्था

खेलको दिन दिल्लीको मौसम निकै तातो हुनेछ । पानी पर्ने कुनै सम्भावना छैन । यहाँको तापक्रम ३८ देखि २६ डिग्री सेल्सियस हुनेछ।

  • दुवै टोलीको सम्भावित प्लेइङ-११

दिल्ली क्यापिटल्स: ऋषभ पन्त (विकेटकिपर र कप्तान), पृथ्वी शा, ज्याक फ्रेजर-मगार्च, शाइ होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, सुमित कुमार, कुलदीप यादव, मुकेश कुमार, इशान्त शर्मा र खलील अहमद।

इम्प्याक्ट प्लेयर : अभिषेक पोरेल।

मुम्बई इन्डियन्स: हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, टिम डेभिड, जेराल्ड कोएट्जी, पियुष चावला, नेहल वढेरा र जसप्रित बुमराह।

इम्प्याक्ट प्लेयर: आकाश मधवाल।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप