सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा स्मार्टफोन तात्यो भने के गर्ने ?

आइतबार, १६ वैशाख २०८१, १५ : ०४
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । गर्मीले आफ्नो उग्र रूप देखाउन थालेको छ । गर्मी दिनहुँ बढ्दै छ । 

खपिन सक्नुको गर्मीबाट बच्न मानिसहरू विभिन्न उपाय अपनाइरहेका छन् । गर्मीमा स्मार्टफोन पनि निकै तात्छ । तातिएको फोनलाई सामान्य अवस्थामा ल्याउन तपाई के गर्नु हुन्छ । थाहा पाइराख्नुस् फोन चिसो पोर्न उपायहरू:

फोनलाई शरीरबाट टाढा राख्नुस्

गर्मीको समयमा मानिसहरू फोनलाई आफ्नो खल्तीमा राख्ने गरेका छन् । गर्मीमा शरीर तातो हुँदा फोन पनि तात्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा गर्मीमा फोनलाई शरीरबाट टाढा राख्नुपर्छ । यसको सट्टा तपाईँले फोनलाई झोला राख्न सक्नुहुन्छ ।

फोनलाई रिस्टार्ट गर्ने

गर्मीको समयमा फोन निकै तातो भइरहेको छ भने यसलाई सामान्यमा अवस्थामा ल्याउन एउटा सजिलो तरिका छ । गर्मीका कारण फोन तातो भएको हो भने केही समयको लागि फोनको प्रयोग गर्न बन्द गर्न सक्नुहुन्छ । यसबाट फोनलाई केही बेर भएपनि ब्रेक पाउँछ । यसो गर्दा पनि फोन तात्न छाडेन भने फोन रिस्टार्ट गर्न सकिनछ ।

सूर्यको किरणबाट बचाउने

फोनमा ब्याट्री हुन्छ । फोनमाथि सीधै सूर्यको किरण पर्याे भने यो तात्न सक्छ । फोनलाई सामान्य बनाउन केही समयको लागि यसलाई छायाँ भएको ठाउँमा राख्नुहोस् ।

एयरप्लेन मोड अन

लामो समयदेखि फोन चलाइरहेको छ भने पनि फोन तात्न सक्छ । एकै साथ धेरै एप र फाइलहरू प्रयोग गरिरहेको छ भने  पनि फोन तात्न सक्छ । फोनलाई चिस्याउन केही बेर एयरप्लेन मोडमा राख्न सकिन्छ । यसो गर्दा केही बेरमै फोन सामान्य अवस्थामा फर्किन्छ ।

गर्न नहुने गल्ती

मानिसहरू प्रायः फोनलाई कभर हालेकै अवस्थामा चार्जमा राखिदिन्छन् । कतिले त फोनलाई चार्जमा राख्दा यसमाथि केही सामान राखिदिन्छन् । हावा सञ्चार राम्रोसँग नहुँदा फोन तात्न थाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप