आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा

आइतबार, १६ वैशाख २०८१, २० : ५७
आइतबार, १६ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागूऔषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई समातेको छ । 

उक्त डुङ्गाबाट ८६ किलो लागुऔषध बरामद भएको कोस्ट गार्डले जनाएको छ । समातिएको लागू औषधको अन्तरराष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड रुपैयाँ रहेको बताइएको छ ।

कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो । गत महिना पनि कोस्ट गार्डले ८० केजी लागुऔषध बरामद गरेको थियो । गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी औषधिहरू भारतीय बजारका लागि नभई श्रीलंका लैजादै गरिएको बताएका छन् ।

डीजीपीका अनुसार अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । ती सबै बलुचिस्तानका नागरिक थिए । पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल लागुऔषधका ७८ प्याकेट भेटिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप