गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
नयाँ दिल्ली । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागूऔषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई समातेको छ ।
उक्त डुङ्गाबाट ८६ किलो लागुऔषध बरामद भएको कोस्ट गार्डले जनाएको छ । समातिएको लागू औषधको अन्तरराष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड रुपैयाँ रहेको बताइएको छ ।
कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो । गत महिना पनि कोस्ट गार्डले ८० केजी लागुऔषध बरामद गरेको थियो । गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी औषधिहरू भारतीय बजारका लागि नभई श्रीलंका लैजादै गरिएको बताएका छन् ।
डीजीपीका अनुसार अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । ती सबै बलुचिस्तानका नागरिक थिए । पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल लागुऔषधका ७८ प्याकेट भेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण