बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चेन्नईसामु हैदराबाद नतमस्तक

सोमबार, १७ वैशाख २०८१, ०५ : ३३
सोमबार, १७ वैशाख २०८१

चेन्नई । इन्डियन प्रिमियर लिगको ४६ औँ खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो ।

चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै, हेनरिच क्लासनले २० रन तथा अब्दुल सामदले १९ रन बनाए ।

अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १५–१५ रन तथा ओपनर ट्राभिस हेडले १३ रन हिर्काए । हैदराबादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेले ।

त्यस्तै, डेयरल मिचेलले ३२ बलमा ५२ तथा शिवम दुवेले २० बलमा ३९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए ।

चेन्नईको ९ खेलमा पाँचौँ जित थियो । टोलीको १० अङ्क छ । नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्कसहित हैदराबाद चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप