मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सबैभन्दा गर्मी भैरहवामा, यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

सोमबार, १७ वैशाख २०८१, ०५ : ४९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो ।

४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस), विराटनगर (४०.२ डिग्री सेल्सियस) तथा धरान (४० डिग्री सेल्सियस) रहेका छन् ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ। ती भू-भागहरूमा वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ।

tt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप