बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, तोलामा कति ?

सोमबार, १७ वैशाख २०८१, ११ : ०३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै  चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप