बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

तेस्रो लगानी सम्मेलन : उद्योग विभागबाट ९ अर्ब १३ करोडको लगानी स्वीकृत

सोमबार, १७ वैशाख २०८१, १५ : ४२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । जारी लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका छन् । 

जसअनुसार चिनियाँ कम्पनीको लगानी ६ अर्ब स्वीकृत भएको छ । यस्तै अस्ट्रेलियस्थित जे एण्डजेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब लगानी स्वीकृत भएको छ । एक्लियस इनर्जी युके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।

l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप