मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘मनसरा’लाई क्यूएफएक्सले देशभर दियो ६९ शो

बुधबार, १९ वैशाख २०८१, ११ : ५३
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । ‘मनसरा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ । जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको हो । त्यस्तै वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा भने बुकिङ खुल्ला भएको छैन । बुधबार साँझसम्म टिकट बुकिङ खुल्ला हुने अनुमान गरिएको छ ।

सिंगल थियटरले फिल्मलाई राम्रो शो दिने अनुमान निर्माण युनिटको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले व्यवसाय राम्रो गर्ने अपेक्षा गरिएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनाको अलावा प्रवीण खतिवडा, मेनुका प्रधान , हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गरेको हो भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । फिल्मको डिजिटल पार्टनर जी टु वान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप