आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले गठबन्धनको विकल्प खोजेको छैन, सरकारमा रहेका केही दलले भ्रम छरे : उपेन्द्र यादव

बुधबार, २६ वैशाख २०८१, १२ : ४२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले गठबन्धनको विकल्प नखोजेको प्रतिक्रिया दिएका छन् । उनले यो सरकार बनेपछि आफू काँग्रेस, एमालेलगायतका कुनै पनि नेतालाई नभेटेको दाबी गर्दै आफ्नो पार्टीको विरुद्धमा अफवाह फैलाइएको बताए ।

नेपाल सरकारको प्रतिनिधि भएर विश्व जनसङ्ख्या सम्मेलनमा भाग लिन अमेरिका गएको मौका छोपेर त्यो हल्ला चलाएको बताउँदै उनले आफू त्यो खेलमा कहिले नलागेको स्पष्ट पारे ।

आफू मुलुक बाहिर रहेको बेला नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालले गठबन्धन विपक्षमा रहेको हल्ला चलाइएको र त्यही मौकामा केही महत्त्वाकाङ्क्षी व्यक्तिहरूले पार्टी विभाजनमा लागेको उनको दाबी छ । 

गठबन्धनको विकल्पमा गएको भनी जुन भ्रम थियो, त्यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई पनि राखेको कुरा आफूले पाएको बताउँदै उनले अमेरिकाबाट फर्केर त्यही विषयमा कुराकानी गर्न प्रधानमन्त्री प्रचण्डसँग भेटेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप