सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने

बिहीबार, २७ वैशाख २०८१, ०९ : ५७
बिहीबार, २७ वैशाख २०८१

काठमाडौं । राजधानीको पुतलीसडकमा अवस्थित शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले  वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको छ । 
 
कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८  गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको राइटपाथले जनाएको छ । 

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि व्यवस्था गरिएको राइटपाथको भनाइ छ ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ । २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्ने पनि जनाइएको  छ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने,‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ ।' 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप