कविता
यहाँ मान्छेहरू
शनिबार, २९ वैशाख २०८१, १३ : २३
नागरिकता लिए पनि
परिचय
पैसाले किन्छन् ।
र, पैसाले दिन्छन् ।
बा, हजुरबाका पालामा
नागरिकताले
परिचय खुल्थ्यो
अहिले परिचय
पैसाले खुल्छ
जोसँग पैसा छ
ती परिचित मात्र होइन
सुपरिचित छन् ।
म
एक झुत्रो नागरिकता
बोकेर हिँड्ने मान्छे
परिचयविहीन हुँदा
सहर होस् या गाउँ
मान्छे,
नागरिकताले कहाँ हो र ?
पैसाले परिचय दिन्छन्
र, पैसाले परिचय किन्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण